तस्बिरहरुमा देखिएअनुसार ज्वालामुखीको लाभाले दर्जनौं घर पुरिएको छ। अधिकारीहरुका अनुसार यहाँ सयौं घर जलेर नष्ट भएका छन्।
बुहेने जिल्ला र गोमाका ठूला भवनहरु जलेको र यो क्षेत्रलाई पुनर्निमाण गर्न महिनौं लाग्ने जनाइएको छ।
हालसम्मको जानकारीअनुसार यस ज्वालामुखी विस्फोटनको घटनामा १५ जनाको मृत्यु भइसकेको छ।
ज्वालामुखी बिस्फोट भएपछि भाग्ने क्रममा ९ जनाको ट्राफिक दुर्घटनामा साथै चार जना जेलको हुलदंगामा र अन्य २ को लाभाले जलेर मृत्यु भएको बीबीसीले जनाएको छ।
(भिडिओ)
कंगोको गोमा शहरमा हजारौँ मानिस ज्वालामुखी विस्फोट भएपछि यतिबेला घर छोड्न बाध्य भएका छन्।
युनिसेफका अनुसार ज्वालामुखी विस्फोटनको घटनामा १७० बालबालिका बेपत्ता छन्। उनीहरुको अवस्था अज्ञात भएको बताइएको छ। यस्तै भागाभाग मच्चिएपछि १५० बालबालिका भने परिवारबाट अलग्गिएको जनाइएको छ।
(भिडिओ)
नियरागोंगो पहाडको सक्रिय ज्वालामुखी विस्फोट भएपछि २० लाख जनसङ्ख्या रहेको शहरको आकाश रातो देखिएको थियो।
शहरको केही भाग र सडकहरूमा लाभा बग्न थालेपछि घरहरूमा आगो लागेको थियो। शहरमा लाभा र धुवाँको बादल देखिएको थियो।
शहरका थुप्रै बासिन्दाहरू सिरक र अन्य सामानहरू लिएर भागेका थिए।

शहरका केही भागहरू र विमानस्थलमा समेत लाभा पुगे पनि अहिले लाभाको बहाव रोकिएको बताइएको छ।
यतिबेला कंगोका हजारौँ नागरिक शरण माग्दै छिमेकी रुवान्डा पुगेका छन्।
नियरागोंगो संसारको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक हो। बीबीसी






Shares

प्रतिक्रिया