समाज


कोरोनाबाट गण्डकी प्रदेशमा एकै दिन ३० जनाको मृत्यु

कोरोनाबाट गण्डकी प्रदेशमा एकै दिन ३० जनाको मृत्यु

नेपालखबर
जेठ ५, २०७८ बुधबार ११:१५,

गण्डकीमा कोभिड १९ बाट ३० जनाको निधन भएको छ।

यो एकैदिन सार्वजनिक गरिएको अहिलेसम्मकै ठूलो मृत्यु संख्या हो।

गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमा कास्कीका ८ जना, स्याङ्जाका ७ जना, पर्वत र तनहुँमा ५/५, गोखराका ३ जना र नवलपुरका २ जना छन्।

हालसम्म गण्डकीमा कोभिडबाट ४५२ जनाको मृत्यु भइसकेको छ। गण्डकीमा संक्रमणको दर पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ६८८ जनामा संक्रमण देखिएको छ।

हाल गण्डकीमा ९ हजार ६८८ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .