समाज


८ हजार १७३ जनामा संक्रमण पुष्टि, २४६ को मृत्यु

८ हजार १७३ जनामा संक्रमण पुष्टि, २४६ को मृत्यु

नेपालखबर
जेठ ५, २०७८ बुधबार १०:५४,

गएको २४ घण्टामा नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १०९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

आज काठमाडौंमा उपत्यकामा २ हजार ४८६ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा संक्रमण पुष्टि भएको छ।

आज २४६ जनाको संक्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ।

आज ७ हजार ९८९ जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .