फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काे हत्या आराेपमा उनकै कामदार सानुकान्छा तामाङ पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसरमा झाकी श्रीमतीले साउन २९ मा किटानी जाहेरी दिएपछि साउन ३१ गते सेतु भन्ने सानुकान्छा पक्राउ परेका हुन्।
परिसर र महानगरीय अपराध महाशाखाकाे टाेलीले पसल थापेर बसेका सानुकान्छालाई काभ्रेकाे खाेपासीबाट पक्राउ गरेकाे हाे।
८३ वर्षीय झाकाे गत वर्ष भदाै ३ गते राति काठमाडाैंकाे बबरमहलस्थि आफ्नै निवासमा हत्या भएकाे थियाे। उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।
३ भदौ राति खाना खाएर सुतेका झा भोलिपल्ट बिहान हत्या भएको अवस्थामा ओछ्यानमै फेला परेका थिए। सधैंको समयमा नउठेपछि पत्नी ज्ञानु झा उनलाई उठाउन कोठामा पुग्दा रगतपच्छे अवस्थामा मृत फेला परेका थिए।
प्रहरीले साेही दिन घटना अनुसन्धानका लागि झाकाे घरमा १० वर्ष भन्दा बढी समय बसेका सानुकान्छालाई पक्राउ गरेकाे थियाे।
याे पनि: पूर्वराजदूत झा हत्या प्रकरणः कामदार र माली प्रहरी नियन्त्रणमा
प्रतिक्रिया