काभ्रेको बनेपा नगरपालिका वडा नं११ मा करारमा कार्यरत सव–इन्जिनियर आकाश श्रेष्ठ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयागले जनाएको छ।
विशेष सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले श्रेष्ठलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा बनेपा नगरपालिका–८ नाला दोबाटो बनेपा स्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया