ad ad

समाज


नवलपरासी पश्चिममा गोली चल्यो, एक जनाको मृत्यु

नवलपरासी पश्चिममा गोली चल्यो, एक जनाको मृत्यु

नेपालखबर
जेठ ५, २०७८ बुधबार ७:२९,

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले गोली चलाएको छ। गोली लागि एक जनाको मृत्यु भएको छ।

गोली लागेर प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको छ।

बुधबार पश्चिम नवलपरासीको सुस्तास्थित नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीलाई घेरेर ढुंगामुडा गर्न थालेपछि गोली चलाउनुपरेको नवलपरासी पश्चिमका एसपी अजय केसीले जानकारी दिए।

सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी ढुंगाले लागेर घाइते भएका छन्।

सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो।

सुरुमा फर्काएपछि पछि समूहमा आएर सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ।

उनलाई सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो।

तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .