ad ad

समाज


भारतमा घट्दै कोरोनाको प्रभाव तर मृतक दर घटेन, यस्तो छ पछिल्लो तथ्यांक...

भारतमा घट्दै कोरोनाको प्रभाव तर मृतक दर घटेन, यस्तो छ पछिल्लो तथ्यांक...

नेपालखबर
जेठ ५, २०७८ बुधबार ६:५७,

झन्डै एक महिनाको अवधिपछि भारतमा दैनिक ३ लाखभन्दा कम संख्यामा कोरोना संक्रमित थपिरहेका हुन्।

गएको २४ घण्टामा पनि भारतमा ३ लाखभन्दा कम कोरोना संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा २ लाख ६७ हजार ३३४ नयाँ संक्रमित थपिएका छन्।

सो अवधिमा ३ लाख ८९ हजार ८५१ कोरोनामुक्त भएका छन्। अर्थात् भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ।

कोरोनाको प्रभाव घटिरहेको भारतमा मृत्युदर भने कम हुन सकेको छैन। भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टामा हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा ४ हजार ५२९ जनाको मृत्यु भएको हो।

एकैदिनमा धेरैको मृत्यु भएता पनि भारतमा कोरोनाको प्रभाव निकै कम हुँदै गएको छ, यो कोरोना नियन्त्रणको संकेत भएको विज्ञहरु बताउँछन्।

यससँगै भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ। संक्रमितमध्ये २ करोड १९ लाख ८६ हजार ३६३ कोरोना मुक्त भएका छन्।

हालसम्म २ लाख ८३ हजार २४८ को मृत्यु भइसक्दा अहिले भारतमा ३२ लाख २६ हजार ७१९ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .