केबल व्यवसायी तथा रेडियो सञ्चारकर्मी सुशीलकुमार लामाको निधन भएको छ।
कोरोना संक्रमणका कारण उपचार गरिरहेका उनको ५६ वर्षको उमेरमा मंगलबार साँझ काठमाडौंमा निधन भएको हो।
स्वास्थ्यमा जटिलता आएपछि उनलाई पोखराबाट काठमाडौंको ग्रान्डी अस्पताल पुर्याइएको थियो।
लामो समय पोखरा केबल नेटवर्क प्रालिका सञ्चालक रहेका उनी मेगा म्याक्स टिभी प्रालिकका सञ्चालक समेत थिए। यसबाहेक उनी रेडियो अन्नपूर्णका निर्देशक समेत थिए।
विभिन्न संघ÷संस्थामा आबद्ध रहेका उनी २०२२ सालमा पोखरामा जन्मिएका थिए। उनका श्रीमती र २ छोरा छन्।
प्रतिक्रिया