ad ad

समाज


हिजो खाली देखिएका अस्पतालका बेड आज भरिभराउ!

हिजो खाली देखिएका अस्पतालका बेड आज भरिभराउ!

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १६:५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार काठमाडौंका अस्पतालमा ठूलो संख्यामा बेड खाली रहेको सूचना जारी गरेको थियो।

तर, अस्पताल प्रशासनले बेड खाली नभएको बताए भने बिरामीबाट पनि बेड नपाएको गुनासो आइरह्यो। मन्त्रालयले झुठो सूचना जारी गरेको आरोप पनि लाग्यो।

त्यसपछि मन्त्रालयले मंगलबार अर्को सूचना जारी गर्‍यो र उपत्यकाका अस्पतालका बेड भरिभराउ रहेको जनायो।

मन्त्रालयले सोमबार दिउँसो २ बजेसम्म ७ सय ५० आइसोलेसन बेड खाली रहेको जनाएको थियो। तर, मंगलबारको सूचनाअनुसार ४ सय १ आइसोलेसन बेड मात्रै खाली छन्।

सोमबार २ सय २१ आईसीयू बेड खाली रहेको बताएको मन्त्रालयले मंगलबार ५१ वटा मात्रै खाली रहेको जनाएको छ। सोमबारको तुलनामा भेन्टिलेटरको अवस्था भने उस्तै छ। सोमबार ६९ भेन्टिलेटर खाली रहेकोमा मंगलबार ६५ भेन्टिलेटर खाली रहेको मन्त्रालयको सूचनामा उल्लेख छ।

त्यस्तै सशस्त्र प्रहरी बलको अस्पतालमा मंगलबार तीन वटा आइसोलेसन मात्रै खाली छन्। आईसीयू र भेन्टिलेटर पुरै भरिएका छन्। सैनिक अस्पतालमा १२ वटा आइसोलेसन, २ वटा आईसीयू र ६ वटा भेन्टिलेटर खाली छन्। सोमबार ४३ आइसोलेसन खाली थिए। आईसीयू पुरै भरिएका थिए भने भेन्टिलेटरमा दुई जना मात्रै बिरामी थिए।

नेपाल प्रहरी अस्पतालमा पुरै बेड भरिभराउ छन्। त्रिवि शिक्षण अस्पतालमा पनि बेड खाली छैनन्। ललितपुरको पाटन अस्पताल पनि सोमबारभन्दा थप बेड भरिएका छन्।

निजामती कर्मचारी अस्पतालमा भने खाली बेडको संख्या थपिएको छ। आइसोलेसन १२, आईसीयू ११ र भेन्टिलेटर तीन वटा खाली छन्।

ठूला निजी अस्पतामा पनि बेड भरिभराउ पाइएको छ। ग्रान्डी, ह्याम्स, मेडिसिटी अस्पतालमा बिरामी थपिएका छन्। मेडिसिटीमा भेन्टिलेटर मात्रै र ग्रान्डीमा आइसोलेसन मात्रै उपलब्ध छन्।

ललितपुरको स्टार अस्पतालमा एउटा पनि बेड खाली छैन। यो सूची दिउँसो २ बजेसम्मको भएकाले थपघट हुन सक्ने मन्त्रालयले जनाएको छ।

यस्तो छ आजको सूचीः

suchi.jpg

यस्तो थियो हिजोको तथ्यांक:

 Hospital beds

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .