ad ad

समाज


अति शक्तिशाली चक्रवातको प्रभावः बुधबारसम्म वर्षा र हिमपात हुने सम्भावना

अति शक्तिशाली चक्रवातको प्रभावः बुधबारसम्म वर्षा र हिमपात हुने सम्भावना

नेपालखबर
जेठ ३, २०७८ सोमबार १३:४८,

नेपालको मौसममा अहिले पश्चिमी न्यून चापीय प्रणालीका साथै पूर्वीमध्य अरब सागरमा विकसित अति शक्तिशाली चक्रवात ‘ताउतेई’को आंशिक प्रभाव छ।

जसका कारण आज रातिदेखि बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशभर सामान्य बदली रही देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ: देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार–

जेठ ४ गते मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

जेठ ५ गते बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .