ad ad

समाज


भारतमा २५ दिनमा पहिलोपटक संक्रमण दर ३ लाख मुनी, निको हुनेको संख्यामा उल्लेख्य वृद्धि

भारतमा २५ दिनमा पहिलोपटक संक्रमण दर ३ लाख मुनी, निको हुनेको संख्यामा उल्लेख्य वृद्धि

नेपालखबर
जेठ ३, २०७८ सोमबार ६:३७,

गएको २५ दिनमा पहिलोपटक भारतमा ३ लाखभन्दा कम संक्रमित थपिएका हुन्।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका हुन्।

सो अवधिमा संक्रमित हुनेभन्दा कोरानामुक्त हुनेको संख्या झन्डै एक लाख बढी छ। मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ लाख ७८ हजार ७४१ व्यक्ति कोरोनामुक्त भएर घर फर्किए।

यद्यपी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजारकै दरमा छ। त्यहाँ एकैदिन ४ हजार १६ को मृत्यु भएको बताइएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार पुगेको छ। २ लाख ७४ हजार ३९० त्यहाँ कोरोनाका कारण ज्यान गुमाउँदा २ करोड ११ लाख ७४ हजार कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .