समाज


भारतमा कोरोना संक्रमणविरुद्ध खाने औषधि* तयार, आज शुभारम्भ

भारतमा कोरोना संक्रमणविरुद्ध खाने औषधि* तयार, आज शुभारम्भ

नेपालखबर
जेठ ३, २०७८ सोमबार १:१०,

कोरोना संक्रमितका लागि भारतले बनाएको खाने औषधि २–डीजी आज सोमबार शुभारम्भ (लन्च) गरिँदैछ।

त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको २–डीजी औषधिको पहिलो खेप रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले आज बिहान साढे १० बजे शुभारम्भ गर्ने भएका हुन्।

हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ।

अहिलेसम्म कोरोना संक्रमण हुँदा खाने कुनै निश्चित औषधि नभएको अवस्थामा भारतले बनाएको पाउडर औषधि निकै फाइदाजनक देखिएको दाबी गरिएको छ।

*सच्याइएकाे (यसअघि असावधानीवश ‘खोपको साटो’ शब्द प्रयोग गरिएकाले)

यो पनि : भारतमा तयार कोरोना संक्रमणविरुद्ध खाने पाउडर औषधि कस्तो हो? सात जिज्ञासा र जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .