समाज


चिनियाँ यान मंगल ग्रहमा अवतरण, मंगल ग्रहमा यान पठाउने दोस्रो देश बन्यो चीन

चिनियाँ यान मंगल ग्रहमा अवतरण, मंगल ग्रहमा यान पठाउने दोस्रो देश बन्यो चीन

नेपालखबर
जेठ १, २०७८ शनिबार २:२६,

चीनको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण भएको छ। ६ वटा पांग्रा भएको ‘चु रोंग रोबर्ट’ नाम दिइएको यान शनिबार मंगल ग्रहको उत्तरी गोलाद्र्धमा सफतापूर्वक अवतरण भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

यो सफलतासँगै चीन मंगल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ। अमेरिकाले यसअघि नै मंगल ग्रहमा यान अवतरण गराइसकेको छ।

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत गएको फेब्रुअरीमा यानलाई मंगल ग्रहतर्फ पठाएको थियो। यसको तौल दुई सय ४० किलोग्राम छ। रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गरेर तस्बिरहरु पठाउने बिबिसीले जनाएको छ।

8516186 aa5aa9cb c941 41b4 b3ec 9e2c988267d0

रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन्।

पृथ्वीबाट यान अवतरण भएको मंगल ग्रहको दुरी ३२ करोड किलोमिटर टाढा छ। त्यहाँबाट पृथ्वीसम्म रेडियो सन्देश आइपुग्न १८ मिनेट लाग्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad