राजनीति


इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

नेपालखबर
जेठ १, २०७८ शनिबार २:४,

इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ।

बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ।

यसैबीच इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध हालैका वर्षमा सबैभन्दा ठूलो कारबाही भइरहेको र यो चाँडै अन्त्य नहुने चेतावनी दिएका छन्।

शुक्रबार साँझ तेल अभिभ सहरको सुरक्षा सम्बन्धमा आयोजित बैठकपछि उनले भने, ‘हाम्रो राजधानीमा हमला गरिएको छ र हाम्रा सहरमा क्षेप्यास्त्र हानिएको छ। उसले यसको महँगो मूल्य चुकाउनुपर्नेछ र ठूलो क्षति बेहोरिरेको पनि छ।’

यसअघि नेतान्याहुले भनेका थिए, ‘इजरेली सेना गाजा क्षेत्रमा त्यतिबेलासम्म रहनेछन्, जतिबेलासम्म त्यहाँ सैन्य कारबाही आवश्यक हुन्छ।’

उता हमासका सैन्य प्रवक्ताले चेतावनी दिएका छन्, ‘इजरेली सेनाले स्थलगत कारबाही गर्ने निर्णय गर्‍यो भने हामी त्यसको कडा जवाफ दिन तयार छौं।’ 

प्यालेस्टाइनी विद्रोही र इजरेली सेनाबीच गत सोमबारदेखि गोलाबारी भइरहेको हो। जसमा परी अहिलेसम्म गाजामा सयभन्दा बढी र इजरेलमा ७ जनाको मृत्यु भइसकेको छ।

यो पनि : इजरेल–प्यालेस्टाइन विवादः ती समाधान नभएका मुद्दा जसले हिंसा भड्कायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad