समाज


पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १७:४५,

कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाह आज अस्पतालबाट डिस्चार्ज भएकी छन्।

उनी आज अपरान्ह ४ बजे नर्भिक अस्पतालबाछ डिस्चार्ज भएकी हुन्। उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत डिस्चार्ज भएकी छन्।

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह वुधबार राति ८ बजे डिस्चार्ज भएका थिए। त्यसको २ दिनपछि पूर्वरानी र पूर्वअधिराजकुमारी डिस्चार्ज भएका हुन्।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो। उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो।

अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो। उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो।

निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो। क्रमिक रुपमा सुधार भइरहेको र अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो।

पूर्व राजपरिवारको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो। नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad