समाज


८ हजार ५२० जनामा संक्रमण पुष्टि, २०३ जनाको मृत्यु

८ हजार ५२० जनामा संक्रमण पुष्टि, २०३ जनाको मृत्यु

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १२:३५,

नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ।

आज नेपालमा ६ हजार १३५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।

नेपालमा हालसम्म २० लाख ९१ हजार ५११ जनाले कोरोनाको पहिलो डोज खोप लगाएका छन् भने ३ लाख ६२ हजार १ जनाले दोस्रो डोज खोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad