समाज


विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु

विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ५:११,

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू सङ्क्रमित भएका थिए।

मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्।

उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धौलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ।

यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ। पछिल्ला घट्नाहरुका कारण अधिकांश स्थानीय डराएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ।

प्रशासनले जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad