'जन आकाश' राष्ट्रिय साप्ताहिकको १२ औँ वार्षिकोत्सवका अवसरमा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल सम्मानित भएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा शुक्रबार आयोजित एक कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले अभियन्ता नेपाललाई सम्मानपत्रबाट सम्मानित गरेका हुन्।
सुगौली सन्धिमा गुमेको नेपाली भूभाग नेपाललाई फेरि फिर्ता हुनसक्छ भन्ने मान्यता राष्ट्रिय रूपमा स्थापित गरेकोमा त्यसको कदरस्वरूप नेपाललाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ।
सोही समारोहमा महासचिव सीपी मैनालीले वरिष्ठ पत्रकार हरि लम्साल , प्रसिद्ध गायक आनन्द कार्की, नेपालका चर्चित वैज्ञानिक राम–लक्ष्मण आदिलाई पनि सम्मान पत्र प्रदान गरेका थिए।
सो कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहकअध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शान्तराम बिडारी र पत्रकार मोहन कार्कीले आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया