फ्रान्समा एक होटेल वेटरको हत्या भएको छ।
सेवा ढिलो गरेकोभन्दै रुष्ट बनेका एक पुरुष ग्राहकले महिला वेटरलाई गोली हानी हत्या गरेका हुन्।
शुक्रबार साँझ नोइजी–ले–ग्राण्डस्थित एक होटेलमा ती पुरुष स्यान्डविच खान गएका थिए।
तर स्यान्डविच ढिला तयार भएपछि ती पुरुषले स्यान्डविच लिएर आएकी महिला वेटरलाई गोली प्रहार गरेका थिए।
महिलाको घटनास्थलमै मृत्यु भएको थियो। ती व्यक्ति त्यसै समय फरार भएका थिए। बीबीसीका अनुसार उनी अहिलेसम्म पक्राउ परेका छैनन्।

प्रतिक्रिया