कोरोना संक्रमणको कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन भएको छ।
टेकु अस्पतालमा उपचार गराइरहेका न्यायाधीश श्रेष्ठको बुधबार साँझ मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। श्रेष्ठ ललितपुरको इमाडोल निवासी हुन्।
कोरोना संक्रमित भएपछि उनी बिगत दुई साता अघिदेखि टेकु अस्पतालमा उपचार गराइरहेका थिए। स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रतिक्रिया