ad ad

समाज


महाकाली अस्पतालमा कोरोनाबाट एकै दिन ११ जनाको मृत्यु

महाकाली अस्पतालमा कोरोनाबाट एकै दिन ११ जनाको मृत्यु

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ११:४८,

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

महाकाली अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए।

उनका अनुसार अस्पतालमा अहिले संक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ।

‘अक्सिजनका भरमा संक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन’ उनले भने, ‘अक्सिजन बाहेक अन्य विकल्पमा पनि संक्रमितले सोच्नुपर्ने बेला आएको छ।’

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका संक्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए। जिल्लामा दैनिक रुपमा संक्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको संख्या पनि वृद्धि हुँदै गइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .