समाज


राप्ती नदीमा प्रहरी नायब निरीक्षक मृत फेला

राप्ती नदीमा प्रहरी नायब निरीक्षक मृत फेला

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ५:३८,

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० स्थित राप्ती नदीमा एक प्रहरी मृत फेला परेका छन्।

उच्च अदालत हेटौंडाको पाटन इजलासमा कार्यरत प्रहरी नायब निरीक्षक केशरबहादुर खत्री शनिबार मृत भेटिएका हुन्।

मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय आएर उनी पुनः अदालत फर्किएका थिए। सई खत्री अदालतकै निवासमा बस्थे।

तर उनी शुक्रबार राति निवासबाट बाहिर निस्किएको पाइएको डीएसपी रिमालले बताए।

उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। शरीरमा चोट पटक देखिएको छैन। पोष्टमार्टम आज गर्ने तयारी भइरहेको छ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .