समाज


घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, आठ घाइते

घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, आठ घाइते

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ९:६,

मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन्।

ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङले लागेर घाइतेहरुलाई अस्पताल ल्याउने क्रममा गाहाको ज्यान गएको हो।

आज बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुरसिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अनुहारलगायत शरीरमा चोट लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad