समाज


भारतमा रेम्डेसिभिर औषधि बोकेको विमान दुर्घटना भयो, चालक र सहचालकलाई सामान्य चोट

भारतमा रेम्डेसिभिर औषधि बोकेको विमान दुर्घटना भयो, चालक र सहचालकलाई सामान्य चोट

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ४:५,

भारतको मध्य प्रदेशमा रेम्डेसिभिर इन्जेक्सन बोकेको विमान दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ग्वालियर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिँदा विमान दुर्घटना भएको हो।

दुर्घटनामा विमानका चालक र सहचालकलाई सामान्य चोट मात्र लागेको छ। साथै रेम्डेसिभिर इन्जेक्सन पनि सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ग्वालियर जिल्लाका प्रहरी अधिक्षक अमित सांघीका अनुसार बिहीबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो। उनले भने, ‘अवतरण क्रममा विमान रनवेबाट थोरै चिप्लिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad