समाज


प्रधानको योगदान चीरकालसम्म सम्झने छौँ : राष्ट्रपति

प्रधानको योगदान चीरकालसम्म सम्झने छौँ : राष्ट्रपति

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १६:९,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सा‌गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन्।

उनले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छन्।

‘नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ’, ट्वीटमा भनिएको छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन्। दिवंगत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

‘नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ’, ट्वीटमा भनिएको छ।

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दै उनप्रति श्रद्धाञ्जलीका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad