समाज


कोरोना संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्

कोरोना संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ५:३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा सम्पर्क गर्न भन्दै केही टेलिफोन नम्बर सार्वजनिक गरेको छ।

मन्त्रालयले टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बरहरु ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको हो। मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरका अस्पतालहरुमा शय्याको अभाव देखिन थालेको छ।

बुधबार एकै दि न आठ हजार ६५९ जनामा संक्रमण देखिएको छ भने ५८ जनाको मृत्यु भएको छ। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको दाबी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad