अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सङ्खुवासभाले एक युवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ। अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए।
अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन आदेश र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईँले बताए।
पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। रासस
3
Shares

प्रतिक्रिया