गएको २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर करिब दुई हजार जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले आज एक हजार ९९३ जना डिस्चार्ज भएको जानकारी दिएका हुन्।
यस्तै, गएको सोमबारदेखि आजसम्म ५ हजार ७८९ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयले नेपालमा संक्रमणमुक्त हुने दर ८०.६० प्रतिशत रहेको जनाएको छ।
बुधबार नेपालमा ८ हजार ६५९ संक्रमित थपिएका छन् भने ५८ जनाको ज्यान गएको छ।
प्रतिक्रिया