ad ad

समाज


पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १२:२५,

कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भएको छ।

नर्भिक हस्पिटलका अनुसार उनलई आईसीयूबाट वार्डमा सारिएको छ।

कोरोना संक्रमण भएपछि १२ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणासहित उनी नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्।

कोमललाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।

उनको आइसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो। उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ।

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .