समाज


कोरोना निकोपछि हुने कमजोरी हटाउने यी हुन् ५ उपाय : विज्ञ

कोरोना निकोपछि हुने कमजोरी हटाउने यी हुन् ५ उपाय : विज्ञ

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ६:२७,

कोरोना संक्रमण ठीक भइसकेर पनि धेरै दिनसम्म कमजोरी महसुस भइरहन्छ, जुन हट्न केही समय लाग्छ।

आखिर कोरोनाबाट मुक्त भएर पनि भइरहने कमजोरी कसरी हटाउने त?

यस विषयमा भारतकी आहार विशेषज्ञ (डाइटिसियन) प्रिया पाण्डेयले ५ उपाय बताएकी छन्। भारतीय पत्रिका अमर उजालामा प्रकाशित उनका सुझाव हाम्रा लागि पनि उत्तिकै उपयोगी हुने भएकाले यहाँ प्रस्तुत गरिएको हो।

१. बिहान चाँडै उठ्ने बानी बसाउनुस्
बिहानको ताजा हावा र सूर्यको किरण शरीरका लागि निकै फाइदाजनक हुन्छ। किनकि बिहान घाम चर्काे हुँदैन, त्यसलै कम्तीमा १५–२० मिनेटसम्म सूर्यको किरणमा बस्ने, जसले हाम्रो शरीरलाई भिटामिन डी प्राप्त हुन्छ। बिहान उठ्दा ऊर्जावान् पनि महसुस हुन्छ। यसैले बिहान उठ्ने बानीले शारीरिक मात्र नभएर मानसिक रूपमा समेत स्वस्थ हुन मद्दत पुग्छ।

२. नियमित योग एवं व्यायाम गर्ने
कोरोना संक्रमणका कारण शरीर निकै कमजोर भएको हुन्छ, यसकारण यसबाट छुट्कारा पाउन नियमित रूपमा योग र व्यायाम गर्नु आवश्यक हुन्छ। तर विचार पुर्याउनुपर्ने कुरा के छ भने एक्कासि गह्रौं किसिमको व्यायाम भने गर्न हुँदैन। हल्का किसिमका जति सकिन्छ, त्यति मात्र कसरत गर्ने। यसमा जबर्जस्ती गर्न हुँदैन।

३. ड्राइ फ्रुट्स सेवन गर्ने
ड्राई फ्रुट्स प्रोटिन र भिटामिनले भरिपूर्ण हुन्छन्। यसकारण यसको सेवन जरुरी छ। बिहान दैनिक एक मुठ्ठिी किसमिस, दुई दाना बदाम र दुइटा ओखर अनिवार्य खाने। अझ यी सुक्खा फललाई राति पानीमा भिजाउन राख्ने र बिहान खाने गर्दा अरू बढी फाइदा हुन्छ। नियमित रूपमा ड्राई फ्रुट्स खाने गर्दा शरीर बलियो बन्छ।

४. पौष्टिक खानेकुरा खाने
कोरोना संक्रमणबाट ठीक हुनेबित्तिकै जुनसुकै खानेकुरा खाने गल्ती नगर्ने, यस्तो खाना खाने, जुन हल्का र सुपाच्य होस्। हरेक दिन दालको झोल पिउने, यो पौष्टिकताले भरिपूर्ण हुन्छ। केही दिनका लागि मरमसलायुक्त खानेकुराबाट टाढै रहने, किनकि यस्ता खानेकुराले समस्या बढाउन सक्छन्।

५. यसरी बढाउनुस् इम्युनिटी
कोरोना संक्रमणका कारण शरीर कमजोर भएको हुन्छ। यसकारण आफ्नो इम्युनिटी बढाउन जिरा, धनियाँ र सुपको चिया पिउने। हर्बल चिया पनि पिउन सकिन्छ। यसले तनाव घटाउने काम मात्र गर्दैन, पाचनतन्त्र पनि सन्तुलनमा राख्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .