समाज


तराईका जिल्लामा तीन दिनदेखि लगातार वर्षा, सात महिनापछि पर्‍यो पानी

तराईका जिल्लामा तीन दिनदेखि लगातार वर्षा, सात महिनापछि पर्‍यो पानी

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ४:५९,

सर्लाही, महोत्तरी, धनुषा, रौतहट बारासहितका तराईका जिल्लामा बिगत तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। तीन दिनदेखि पानी परिरहँदा जनजीवनसमेत प्रभावित बन्न थालेको छ।

बुधबार पनि बिहानैदेखि तराईका जिल्लामा वर्षा जारी छ। मंगलबार दिनभर परेर साँझ रोकिएको वर्षा बुधबार बिहानैदेखि पुनः सुरु भएको हो। पानी परे पनि ठूलो हावाहुरी भने चलेको छैन। घाम नलाग्दा वैशाखमा पनि चिसो बढेको छ।

गएको कात्तिकदेखि तराईका जिल्लामा पानी परेको थिएन। पानी नपर्दा हिउँदे कृषि उत्पादनमा कमी आएको किसानहरुले बताएका छन्। ढिलै भए पनि पानी पर्दा किसान खुसी देखिएका छन्। अहिले परेको पानीले तराईका जिल्लामा विषेषगरेर उखु खेतीलाई फाइदा पुग्छ। मकै छर्ने तयारीमा रहेका किसान पनि पानी परेपछि खुसी देखिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले अहिले प्रिमनसुनको कारण केही दिनदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको जनाएको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश २, लुम्बिनी र बागमती प्रदेशका कतिपय ठाउँमा वर्ष हुनेछ।

प्रिमनसुनमा भारी वर्षा नभए पनि यसपटक भारी वर्षाकोसमेत सम्भावना देखिएको मौसमविद् बासीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .