ad ad

समाज


यस्तो छ बिल गेट्स र मेलिन्डाको पहिलो भेटदेखि सम्बन्ध-विच्छेदसम्मको यात्रा

यस्तो छ बिल गेट्स र मेलिन्डाको पहिलो भेटदेखि सम्बन्ध-विच्छेदसम्मको यात्रा

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ७:३६,

६५ वर्षका बिल र ५६ वर्षकी मेलिन्डा दुवैले संयुक्त बयान जारी गर्दै आफूहरु २७ वर्षको वैवाहिक सम्बन्ध समाप्त गर्न राजी भएको जानकारी दिएका हुन्।

उक्त बयानमा भनिएको छ,‘हामीलाई लाग्दैन कि अब हामी एक जोडी भएर अगाडि बढ्न सक्छौं।’

‘धेरै सोचेर हामीले हाम्रो वैवाहिक सम्बन्ध समाप्त गर्ने फैसला लिएका हौं’ उनीहरुले ट्विटरमा भनेका छन्,‘गएको २७ वर्षमा हामीले तीन बच्चाको पालनपोषण गर्यौं र एउटा उत्कृष्ट संस्था बनायौं जसले विश्वभरका मानिसको स्वास्थ्य र राम्रो जीवनको लागि मद्दत गर्दछ।’

बिल र मेलिन्डा दुवैले आफ्नो परिवारको निजी मामिलाको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।

उनीहरुले फाउन्डेसनको कार्यबाट भने हात नझिकेको बताउँदै समावसेवामा सहकार्य गर्ने उल्लेख गरेका छन्।

तीन बच्चाको आमा–बुबा मेलिन्डा र बिल विश्व चर्चित संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन चलाउँछन्।

यस संस्थाले विश्वभर देखिने संक्रामक रोगको बिरामी तथा बच्चाको लागि खोप उपलब्ध गराउन अरबौं खर्च गर्दछ।

फोर्ब्स म्यागेजिनका अनुसार बिल गेट्स १२४ बिलियन डलरका मालिक हुन्।

विश्वकै चौथो धनाढ्य बिललाई, उनकी श्रीमती मिलिन्डा साथै अर्का अर्बपति वारेन बफेटलाई ‘गिभिङ प्लेज’ को सुरुवातकर्ता मानिन्छ।

यसको अर्थ हुन्छ–अर्बपतिले समाजसेवाको लागि काम गर्नु।

सन् १९७५ मा बिल गेट्स र उनका साथी पल एलनले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए। यही कम्पनीबाट बिल गेट्सले अरबौं डलर कमाएका हुन्।

Bill Gates arrives at U.S. District Court with his wife Melinda April 22, 2002 in Washington, DC. Gates is taking the witness stand to give his first live testimony since the antitrust case was filed against the software giant in 1998.

बिल र मेलिन्डाको पहिलो भेट

बिल गेट्सको सफलताको पछाडि उनकी श्रीमती मेलिन्डाको ठूलो हात छ।

सन् १९८० को दशकमा मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा काम गर्न थालेपछि नै उनीहरुको भेट भएको थियो।

सन् १९८७ मा मेलिन्डाले प्रोडक्ट म्यानेजरको रुपमा बिलको कम्पनीमा काम थालेकी थिइन्। सोही वर्ष न्युयोर्कको एउटा बिजनेस डिनरमा उनीहरुको पहिलो भेट भएको थियो।

त्यसपछि नै उनीहरुले डेटिङ गर्न थालेका थिए। बिल गेट्सले नेटफ्लिक्सको एउटा वृत्तचित्रमा भनेका छन्,‘हामी दुवै एकअर्काको निकै ख्याल राख्थ्यौं यस्तो अवस्थामा दुई कुरामात्र सम्भव थियो– कि विवाह गर्ने कि ब्रेकअप गर्ने।’

सन् १९९४ मा हवाई राज्यको एउटा टापुमा दुवैले विवाह गरेका थिए।

बीबीसीका अनुसार अनावश्यक पाहुना नआउन भनेर बिल गेट्सले सो टापुका सबै स्थानीय हेलिकप्टर बुक गरेर राखेका थिए।

गतवर्ष मात्र बिलले समाजसेवामा पुरै समय खर्च गर्नेभन्दै माइक्रोसफ्ट कम्पनीको सीईओबाट राजीनामा दिएका थिए।

बिलले आफ्नी श्रीमती मेलिन्डालाई सँधै आफूभन्दा अब्बल मानिस भएको बताउँदै आएका थिए।

विश्वको चर्चित जोडीमध्ये गेट्स दम्पतीको पनि चर्चा हुन्थ्यो। उनीहरुबीच के विषयमा विवाद छ भन्नेबारेमा केही खुलेको छैन।

तर सन् १९९४ मा विवाह गरेका उनीहरु दुवैले सम्बन्धविच्छेद आफ्नै खुशीमा गर्न लागेको जनाएका छन्।

Bill and Melinda Gates take part in a discussion in Brussels organised by British magazine The Economist about expected breakthroughs in the next 15 years in health, education, farming and banking, 2015

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .