समाज


कोरोनाका कारण भारतमा दैनिक तीन हजारभन्दा बढीको ज्यान गइरहेछ

कोरोनाका कारण भारतमा दैनिक तीन हजारभन्दा बढीको ज्यान गइरहेछ

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ७:२४,

केही समययता यहाँ कोरोनाका कारण हरेक दिन ३ हजारभन्दा बढी मृत्यु भइरहेको हो।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित पनि भेटिएका छन्।

यो सहित यहाँ कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ।

गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ। भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन्। गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन्। यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन्।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ। आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ।

पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ।

भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ।

कोरोनाका कारण एकैपटक धेरै संक्रमित हुँदा भारतमा धेरैको मृत्यु भएको हो। यहाँ अक्सिजन अभाव बढेको छ भने मृतकलाई अन्त्येष्टी गर्ने ठाउँ समेत नपाइएको बताइएको छ।

अहिले अक्सिजन चाहिने संक्रमित धेरै भएपछि अस्पतालका शय्याहरु भरिएका छन्।

भारतका विभिन्न अस्पताल बाहिरै बिरामीको उपचार भइरहेको छ। उपचार नपाएरै संक्रमित मानिसहरु अस्पताल बाहिरै प्राण त्याग्न बाध्य समेत भएका छन्।

कोलकतास्थित सघन उपचार विशेषज्ञ डा. शाश्वती सिंहाले आपत्‌कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भएको बताएकी छिन्।

‘आफ्नो २० वर्षको कार्यकालमा मैले यस्तो अवस्था अहिलेसम्म देखेकी थिइनँ’ उनी भन्छिन्।

उनीसँगै भारतका स्वास्थ्य विज्ञले कोरोना भाइरसलाई सामान्य नठान्न आग्रह गरेका छन्। यतिबेला कोरोनाबाट बच्न भन्दै भारतका विभिन्न स्थानमा लकडाउन गरिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ।

कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ। एएनआई

यो पनिः भारतमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजन अभाव, अस्पताल बाहिरै मरिरहेछन् मानिसहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .