समाज


रवी लामिछानेका समर्थकमाथि १० सेल अश्रुग्यास प्रहार

रवी लामिछानेका समर्थकमाथि १० सेल अश्रुग्यास प्रहार

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १५:९,

चितवन प्रहरीकाे हिरासतमा रहेका पत्रकार रवी लामिछानेकाे समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेकाे छ।

लामिछानेलाई शुक्रबार चितवन जिल्ला अदालतमा लैजाने क्रममा आक्राेसित भिडले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भिड नियन्त्रण गर्न १० सेल अश्रुग्यास प्रयाेग गरेकाे प्रहरी दाबी छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार काठमाडाैंबाट पक्राउ गरी चितवन लगिएका रवीसहित तीनजना बिरूद्व आत्महत्याका लागि दुरूत्साहन मुद्दामा अनुसन्धान भईरहेकाे छ। चितवन प्रहरीले न्यायिक प्रक्रियामै अवराेध हुने गतिविधी भएपछि बल प्रयाेग भएकाे जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले रवीसहित आराेपीलाई अदालतबाट ल्याउँदा अवराेध भएकाे बताए। उनले प्रचलित कानून अनुसार अनुसन्धान अघि बढिरहेकाले अवराेध नगर्न सर्वसाधारणसँग अनुराेध गरे।

'अनुसन्धान प्रक्रियामै अवराेध गरेर परिणाम आउँदैन' एसपी मल्लले भने 'अदालतमा रहेकाे मुद्दाका लागि सडकमा बल देखाउन भएन।' उनले प्रहरी उपर ढुङगा प्रहार भएकाे र प्रहरी कार्यालय अवराेध गरेपछि बल प्रयाेग गरेकाे बताए।

 शुक्रबार दिनैभरी रवी लामिछानेका समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए।त्यसक्रममा प्रहरीसँग झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयभित्र ढुंगा मुडा गरेका प्रहरीकाे दाबी छ।

शुक्रबार अदालत हाजिर गरिएका रवीसहित तीनैजनामाथि थप अनुसन्धान गर्न प्रहरीले अदालतबाट ५ दिन म्याद लिएको छ। न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए।

प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad