पछिल्लो २४ घण्टाको अवधिमा कञ्चनपुरका चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिला संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए।
उनका अनुसार होम आइसोलेसनमा रहेका भीनपा–१८ का पुरुष संक्रमितको पनि मृत्यु भएको छ । यस्तै कञ्चनपुरको दोधारा–चाँदनीका ३४ वर्षीय पुरुष संक्रमितको उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ।
शुक्रवार कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गर्दा ती पुरुषको बाटोमै मृत्यु भएको हो। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया