समाज


५३ सेना सवार पनडुब्बी बेपत्ता हुनु अगाडि सेनाले यसरी गाएका थिए गीत (भिडिओ)

५३ सेना सवार पनडुब्बी बेपत्ता हुनु अगाडि सेनाले यसरी गाएका थिए गीत (भिडिओ)

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ७:५५,

५३ सेना सवार पनडुब्बी बेपत्ता भएपछि त्यसको खोजी तीव्र पारिएको छ।

तर ६ दिन भइसक्दा पनि पनडुब्बी नभेटिएपछि त्यसमा सवार सेनाहरु जीवितै उद्धार गर्ने सम्भावना टरेर गएको सरकारी अधिकारीहरुले बताएका छन्।

बाली टापुको जल क्षेत्रमा सैन्य अभ्यास गरिरहेको पनडुब्बी गत बुधबार बिहानै साढे ४ बजे सम्पर्कविहिन भएको थियो।

त्यसमा तीन दिनसम्मको अक्सिजन थियो। सरकारी अधिकारीहरुका अनुसार यतिबेला पनडुब्बीमा भएको अक्सिजन सकिएको छ र त्यहाँबाट जीवित मानिस उद्धार गर्ने सम्भावना अब टरेर गएको छ।

यसबीचमा पनडुब्बी बेपत्ता हुन अगाडिको एउटा भिडिओ इन्डोनेसियाको नौसेनाले सार्वजनिक गरेको छ। जहाँ सेनाहरुले गीत गाएको देख्न सकिन्छ।

यस्तै बेपत्ता पनडुब्बीमा सवार सेनाहरु जीवितै भेटिने आशा टरेपछि उनीहरुको सम्झनामा सम्मान स्वरुप समुद्रमा फुल चढाइएको छ।

(भिडिओ)

हाल पनि इन्डोनेसियाका सेनाले उक्त पनडुब्बीलाई छिमेकी राष्ट्र अस्ट्रेलियाको सहयोगमा खोजिरहेको छ।

के कारणले पनडुब्बी बेपत्ता भयो भनेर हालसम्म खुल्न सकेको छैन।

सन् १९७८ मा जर्मनीमा बनेको १३ सय ९५ टन केआरआई नाङगला–४०२ पनडुब्बीलाई सन् २०१२ मा दक्षिण कोरियामा मर्मत गरिएको थियो।

पनडुब्बीलाई समुद्रको ज्यादै शक्तिशाली हतियार मानिन्छ। बीबीसी

India's diesel-electric submarine, undergoing repairs in Russia, to be  floated out soon, India News News | wionews.com

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad