समाज


कोरोनाको हटस्पट बन्यो उपत्यका

कोरोनाको हटस्पट बन्यो उपत्यका

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १३:३८,

कोरोना संक्रमणको नयाँ हटस्पट काठमाडौं उपत्यका बनेको बनेको छ।

दोस्रो चरणको कोरोना महामारी फैलिएको नेपालमा पछिल्लो एक हप्तामा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमित फेला परेका छन्। पछिल्लो एक हप्तादेखि उपत्यकामा निरन्तर संक्रमण बढिरहेको छ।

उपत्यकामा सोमबार एकैदिन झण्डै दुई हजार संक्रमित भेटिएका छन्।

जसमा काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा १५ सय ६७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार सोमबार एकैदिन उपत्यकाका ३ जिल्लामा १९ सय १२ संक्रमित फेला परेका छन्।

त्यसमध्ये ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकामा रहेका वीर, पाटन, सिभिल, त्रिवि शिक्षण अस्पताल र केही निजी अस्पतालका बेड बिरामीले भरिएको छ। आइसोलेसन भरिभराउ छ। अक्सिजनको अभाव हुन थालेको पाटन अस्पतालका डा. रवि शाक्यले बताए।

आइतबार भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै शनिबार काठमाडौँ उपत्यकाका काठमाडौंमा ६४४, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जना गरी ८७२ जना थपिएका थिए।

शुक्रबार काठमाडौँमा ७६०, ललितपुरमा १०६ र भक्तपुरमा ७४ जना गरी ९४० जना थपिएका थिए। बिहीबार उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad