समाज


आइतबारसम्म नेपाल आएर क्वारेन्टिन बसेका विदेशीले कोरोना परीक्षण गर्न पाउने

आइतबारसम्म नेपाल आएर क्वारेन्टिन बसेका विदेशीले कोरोना परीक्षण गर्न पाउने

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १०:६,

आइतबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका विदेशीहरुको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन प्रयाेगशाला र अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख १२ गतेसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र सम्बन्धित देशका नागरिकले मात्र हवाइ यात्रा गर्न पाउने एयर बबल सुविधाअनुसार नेपाल आउनेहरुलाई सशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न प्रयोगशालाहरुलाई सूचित गरेको हो।

यो व्यवस्था नेपाललाई ट्रान्जिट बनाएर अन्यत्र जाने नेपालीबाहेकको हकमा लागू हुने मन्त्रालयले जनाएको छ।

आइतबार मन्त्रालयले नेपालमा ट्रान्जिट बनाउने गरी आएका विदेशीको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो।

corona teast bedashi

 यो पनि :
नेपाललाई ट्रान्जिट बनाउने विदेशीको कोरोना परीक्षण गरे प्रयोगशालालाई कारवाही

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad