समाज


भारतका वैज्ञानिकको दाबी : कोरोना भाइरस गर्मी मौसममा धेरै फैलिन्छ !

भारतका वैज्ञानिकको दाबी : कोरोना भाइरस गर्मी मौसममा धेरै फैलिन्छ !

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १३:१०,

कोरोना भाइरस फैलिने विषयमा विश्वभर अनुसन्धान जारी छ। यसैबीच भारतका वैज्ञानिकले १५ महिने कोरोनाकालमा गरिएको अनुसन्धानबाट गर्मीका बेला भाइरस तीव्र गतिमा फैलिरहेको पाइएको दाबी गरेका छन्। यसअघि जाडो याममा चाहिँ भाइरस धेरै फैलिने अनुमान गरिएको थियो।

भारत सरकारका १७ वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना भाइरसको फैलिने क्षमता गर्मीमा बढ्ने देखाएको हो।

भारतको हैदरबादस्थित सेन्टर फर सेलुलर एन्ड मलिकुलर बायोलोजी (सीसीएमबी) का निर्देशक डाक्टर राकेश के. मिश्रा भन्छन्,‘गर्मी मौसममा सास छिटो वाष्पीकरण हुन्छ। यस्तो अवस्थामा जब कुनै संक्रमित व्यक्तिले श्वास छाड्छन् तब भाइरस ससानो अंशमा बाँडिन्छन्। भाइरसका अति सूक्ष्म कण सासद्वारा स्प्रेजस्तो गरी तीव्र गतिमा बाहिर निस्किन्छन्। फेरि हावामा निकै बेर बस्छन्। त्यस्तो ठाउँमा कोही मास्कबिना बसेको छ भने उसलाई संक्रमण हुने जोखिम हुन्छ। वातावरण खुला छ भने भाइरस सर्ने खतरा कम हुन्छ, तर हल, कोठा, लिफ्ट आदिजस्ता स्थानमा संक्रमित व्यक्तिले हाच्छिउँ गर्‍याे, खोक्यो भने फेरि भाइरस सर्ने खतरा धेरै हुन्छ।’

हावामा भाइरसको असरबारे बुझ्न वैज्ञानिकले हैदराबाद र मोहालीका ६४ स्थानबाट नमुना लिएका थिए। जसमा अस्पतालका आईसीयू, सामान्य वार्ड, कर्मचारी कोठा, ग्यालरी, बिरामी बस्ने बन्द तथा खुला कोठा, भेन्टिलेसन नभएका तथा भएका घर सामेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad