समाज


भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार २:३०,

भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा मध्यपुर अस्पताल (थिमि) लगिएका उनको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन्। उनको अहिले बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

ठोक्किने टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad