प्रहरी हिरासतबाट हतकडीसहित फरार भएका एक भारतीय युवक पक्राउ परेका छन्।
भारतको विहार राज्य समस्तीपुर जिल्ला पटौरी थाना घर भइ कालिकाटी सुकुम्बासी टोल बस्ने १८ वर्षीय सुजितकुमार गुप्ता नाम बताउने अन्नि कुमार गुप्तालाई प्रहरीले अनुसन्धानको क्रममा महानगरीय वृत कालिमाटी राखेको थियो।
गुप्ता हिरासतबाट तीन थान हतकडी लिएर फरार भएपछि खोजी गरिएको प्रहरीले जनाएको छ। उनलाई कालिमाटीस्थित परोपकारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ।

प्रतिक्रिया