रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ।
यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोक्किन पुगेको थियो।
चरा ठोक्किएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए।
सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो। क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो।
(भिडियाे)
जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ। मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन्।
हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका बताइएको छ। यराल एयरलाइन्सको यस विमानमा २ सय ३० जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन्। एएफपी
(भिडियाे)
Shares

प्रतिक्रिया