समाज


युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १२:५०,

काठमाडौंको नयाँबजारस्थित ग्राण्डी ग्लोब होलिडेजका सञ्चालक भरतप्रसाद राई पक्राउ परेका छन्।

चितवनको राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय राईले भिजिट भिसामा युरोपको युक्रेन, पोर्चुगल, लाटभीया प्रतिव्यक्ति १० लाखमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

उनले तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले बस्ने सागर लिम्बुसमेत ६ जनाबाट १९ लाख ४७ हजार रुपैयाँ लिएका थिए।

महानगरीय अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएका राईमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad