ad ad

समाज


अयोध्यापुरीमा आज राम-सीताको मूर्ति प्रतिस्थापन गरिँदै

अयोध्यापुरीमा आज राम-सीताको मूर्ति प्रतिस्थापन गरिँदै

नेपालखबर
बैशाख ८, २०७८ बुधबार २:४७,

रामनवमीको दिन आज चितवनको अयोध्यापुरीमा राम र सीताको मूर्ति प्रतिस्थापन गरिँदैछ।

चितवनको अयोध्यापुरी नै रामको जन्मभूमि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबीपछि त्यहाँ राम–सीताका मूर्ति राख्ने तयारी गरिएको थियो। प्रधानमन्त्री ओलीले मंगलवार बालुवाटारमा मूर्तिको पूजा गरी शोभायात्रालाई विदाइ गरेका थिए। शोभायात्रासहितको टोली हिजो देवघाटमा बसेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आज रामनवमीको अवसरमा अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्दैछन्।

प्रधानमन्त्री ओलीले गत असारमा बालुवाटारमा भएको २०७ औँ भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए।

ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा गुरुयोजनासहित राममन्दिर बनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .