ad ad

समाज


स्वाब नै नलिइ पीसीआर रिपोर्ट दिने ल्याबका सञ्चालकसहित ८ जना पक्राउ

स्वाब नै नलिइ पीसीआर रिपोर्ट दिने ल्याबका सञ्चालकसहित ८ जना पक्राउ

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १५:१३,

९ हजार रुपैयाँ लिएर स्वाब नै नलिई नक्कली पीसीआर रिपोर्ट तयार गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार दिउँसो छापा मारेर अपराध महाशाखाको टोलीले सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिका कर्मचारी र बिचौलियालाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नक्कली रिपोर्ट बनाइदिने गरेको पाइएको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा सञ्चालक झापा घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीको राजविराजका ३२ वर्षीय प्रमोदकुमार यादव, महोत्तरीको गौशालाका ५० वर्षीय प्रदिपकुमार गिरी, २५ वर्षीय अमनकुमार यादव, २२ वर्षीय बादल मिरिङछिङ, बिराटनगरका ३२ वर्षीय बजेश पोख्रेल, दोलखाका २२ वर्षीय सरोज क्षेत्री र सप्तरीका ४४ वर्षीय डा. खेलानन्दप्रसाद सिंह रहेका छन्।

suriya-lab.jpg

प्रहरीले चार थान नक्कली रिपोर्ट समेत छापा मार्ने क्रममा बरामद गरेको छ।

उनीहरुले सरकारले तोकेभन्दा बढी रकम लिएको र स्वाब समेत संकलन नगरी रिपोर्ट दिने गरेको पाइएको महाशाखाले जनाएको छ। ल्याबका कागजात, कम्प्युटर लगायतका उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

त्यहाँबाट रिपोर्ट लिएका व्यक्तिलाई समेत स्वाब दिएको हो कि होइन भनेर प्रहरीले अनुसन्धान सुरु गरेको कडायतले बताए।

नक्कली रिपोर्ट बनाउने कार्यमा मेरिट मल्टिकेयर मेडिकल सेन्टरका एजेन्टहरुको पनि संलग्नता देखिएको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .