समाज


राम–सीताका मूर्ति बालुवाटारमा पूजा गरेर चितवन पठाइयो

राम–सीताका मूर्ति बालुवाटारमा पूजा गरेर चितवन पठाइयो

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ५:९,

चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए।

बालुवाटारमा वैदिक अनुष्ठानसहित पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो।

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो। राम, लक्ष्मण, सीता र हनुमानका प्रतीमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ।

ramsitamurti

‘प्रधानमन्त्री ओलीले बालुवाटरमा पूजा गरेर विदाई गरिसक्नु भएको छ,’ संस्कृती मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने ‘भजन कृतन सहितको समारोह गरी रथयात्राको विदाई भएको छ। भोली अयोध्यापुरीमा मूर्ति स्थापना हुन्छन्।’
प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो। राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच प्रतीमासहितको रथयात्रालाई विदाई गरेकी थिइन। मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ। भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ।

अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा रामनवमीको दिन प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ।

भोली संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मुर्ति स्थापना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

यो पनि :
अयोध्यापुरीका लागि राम–सीताको मूर्ति तयार, प्रधानमन्त्रीले देखाए चितवनका जनप्रतिनिधिलाई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .