कारमा मास्क नलगाई हिँडेको देखेपछि दरयानीगंज क्षेत्रमा प्रहरीले कार रोकेर ती जोडीलाई मास्क किन नलगाएको भनेर प्रश्न गरेका थिए।
चर्को स्वरमा प्रतिक्रिया जनाउँदै कारमा सवार महिलालले प्रहरीले आफूहरुलाई कारवाही गर्ने औकात नराखेको भन्दै त्यहाँ तैनाथ प्रहरीलाई हप्काएकी थिइन्।
ती महिलाले आफूले श्रीमानलाई चुम्बन गर्दा पनि मास्क लगाउनुपर्ने भन्दै प्रतिप्रश्न गरेकी थिइन्।
अहिले भारतमा कोरोना भाइरसका संक्रमित दैनिक २ लाखभन्दा बढीको संख्यामा थपिरहेका छन्। दिल्लीमा हरेक शनिबार र आइतबार कर्फ्यू जारी गरिएको थियो।
सोमबारदेखि भने एक हप्तासम्म लकडाउन नै घोषणा भएको छ। करफ्यूको नियम तोड्दै ती जोडी बाहिर निस्किएका थिए।
हाल दुवैलाई पक्राउ गरेर हिरासतमा लिइएको छ। पुरुषको नाम पंकज हो भने महिलाको नाम आभा भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
(भिडिओ)

प्रतिक्रिया