बिहीबार बिहान निधन भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई सरकारले राष्ट्रिय सम्मान दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको जनाएका हुन्।
२००७ साल अघिको राणा शासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्व. दीक्षितले निर्वाह गरेको भूमिका प्रेरणादायी रहेको मन्त्री भट्टराईले उल्लेख गरेका छन्।
नेपाल पज्ञा प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका स्व. दीक्षितका माधवी, द्रौपदी, अहिल्यासहित ५० भन्दा बढी प्रख्यात कृतिहरुले नेपाली साहित्य,संस्कृति तथा इतिहासको भण्डारमा अतुलनीय योगदान पुर्याएका छन्। पत्रकारिता र फोटोग्राफीमा समेत आफ्नो विशिष्ट पहिचान बनाएका स्व. दीक्षितले केही समय त्रि-चन्द्र कलेजमा प्राध्यापन पनि समेत गरेका थिए।
— Yogesh bhattarai (@yogesbhattarai) August 15, 2019नेपालको इतिहासका जीवन्त साक्षी मदनमणि दीक्षितको निधनमा दुःख व्यक्त गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/JE5fgAvzHF
प्रतिक्रिया