ad ad

समाज


धनुषामा टिपर र बस ठोक्किए, १७ जना घाइते (नामावली र अवस्थासहित)

धनुषामा टिपर र बस ठोक्किए, १७ जना घाइते (नामावली र अवस्थासहित)

शैलेन्द्र महतो
बैशाख ४, २०७८ शनिबार १४:५५,

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा टिपर र बस ठोक्किँदा १७ जना घाइते भएका छन्।

पूर्व जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बसका यात्रु ३० जनामध्ये १७ जना घाइते भएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। घाइतेहरूको अहिले लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको उनले बताए।

दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय (ढल्केवर) मा राखिएको छ।

टिपरका चालक दुर्घटनालत्तै फरार भएकाले खोजी भइरहेको डीएसपी मिश्रले बताए।

घाइतेहरूको नामावाली र अवस्था
१. काठमाडौं बस्ने अ. वर्ष ४२ को केशव संग्रौला, दुवै खुट्टा र हातमा चोट, अवस्था गम्भीर

२. पर्साको रानीघाट ८ बस्ने अ. वर्ष ४० को नन्दु बैठा, दाहिने कुम्भ र टाउकोमा चोट, अवस्था मध्यम

३. मोरङको विराटनगर ४ बस्ने अ. वर्ष ४५ को बद्री भुजेल, शरीरमा चोट, अवस्था समान्य

४. सर्लाहीको हरिपुर ७ बस्ने अ. वर्ष ३० की आशादेवी चौधरी, शरीरमा चोट, अवस्था मध्यम

५. सप्तरीको कञ्चनपुर ७ बस्ने अ. वर्ष ४० को महिनारायण पण्डित, बायाँ हातमा चोट र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम

६. सर्लाहीको बागमती न.पा. ८ बस्ने अ. वर्ष १३ की पर्वता ठकुरी, टाउकोमा चोट, अवस्था मध्यम

७. सर्लाहीको हरिपुर न.पा. १ बस्ने अ. वर्ष ४८ की यमकुमारी खड्का, दुवै हात र खुट्टामा चोट, अवस्था मध्यम

८. सर्लाहीको हरिवन न.पा. २ बस्ने रञ्जु महराका छोरा वर्ष अ. वर्ष ५ को सुजित महरा, बायाँ खुट्टा र शरीरमा चोट, अवस्था मध्यम

९. सर्लाहीको हरिवन न.पा. २ बस्ने रञ्जु महराकै छोरा अ. वर्ष ७ को अभिषेक महरा, शरीरमा भित्री चोट, अवस्था समान्य

१०. सर्लाहीको बागमती न.पा. ४ बस्ने अ. वर्ष ४० की रामप्यारी देवी महतो, दुवै खुट्टामा चोट, अवस्था मध्यम

११. सर्लाहीको ईश्वरपुर न.पा. ५ बस्ने सतीदेवी महतोकी छोरी अ. वर्ष ९ कि सोनुकुमारी महतो, शरीरमा भित्री चोट, अवस्था मध्यम

१२. पर्साको वीरगन्ज १४ बस्ने अ. वर्ष ३७ की अस्मिता पटेल, दुवै हातमा चोट, अवस्था समान्य

१३. पर्साको वीरगन्ज १४ बस्ने अ. वर्ष १४ की सम्झना पटेल, टाउकोमा चोट, अवस्था समान्य

१४. पर्साको वीरगन्ज १४ बस्ने अ. वर्ष १० को आयुष पटेल, खुट्टामा चोट, अवस्था समान्य

१५. पर्साको वीरगन्ज १४ बस्ने अ. वर्ष ९ को अंश पटेल, शरीरमा चोट, अवस्था समान्य

१६. पर्साको वीरगन्ज १४ बस्ने अ. वर्ष १४ को रितेश पटेल, शरीरमा चोट अवस्था समान्य

१७. सिरहाको गोलबजार बस्ने अ. वर्ष १२ की रूपा शाही ठकुरी, दुवै हात र टाउकोमा चोट, अवस्था समान्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .