समाज


पत्रकार पुडासैनी मृत्यु प्रकरण: भिडियाेकाे फरेन्सिक रिपाेर्टपछि प्रहरीकाे 'एक्सन'

पत्रकार पुडासैनी मृत्यु प्रकरण: भिडियाेकाे फरेन्सिक रिपाेर्टपछि प्रहरीकाे 'एक्सन'

नेपालखबर
साउन २९, २०७६ बुधबार १६:१८,

पत्रकार शालिकराम पुडासैनीले मृत्यु अघि आफैले लिएकाे माेबाईल भिडियाेकाे डिजिटल फरेन्सिक रिपाेर्टका आधारमा प्रहरीले थप कारबाही अघि बढाउने भएकाे छ।प्रहरीले पत्रकार पुडासैनीकाे पाेष्टमार्टम रिपाेर्ट समेत आएपछि बिहीबार 'एक्सन' लिने भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले कारबाही अघि बढाउन परिक्षण प्रतिवेदन पर्खिएकाे प्रतिक्रिया दिए। नेपालखबरसँगकाे कुराकानीमा उनले पाेष्टमार्टम रिपाेर्ट केहीसमयमै आउने र भाेली ल्याब रिपाेर्ट आएपछि मुलुकी अपराध संहिता अनुसार कारबाही अघि बढने बताए।

'हामी स्पष्ट छाैं प्रचलित कानून अनुसार अनुसन्धान हुन्छ ' एसपी मल्लले भने ' हामी रिपाेर्ट पर्खिदै छाैं।' प्रहरीले भिडियाेमा पाेलिएका ब्यक्तिहरू पक्राउ गर्ने वा नगर्ने निर्णय प्रहरी प्रधान कार्यालयले  बिहीबार दिने फरेन्सिक रिपाेर्टपछि गर्नेछ। 

मुलुकी अपराघ(संहिता)ऐन,२०७४ मा आत्महत्याका लागि कुनै पनि प्रकारकाे दुरुत्साहनलाई फाैजदारी कसुर मानेकाे छ। ऐनकाे भाग २ काे परिच्छेद-१२(ज्यान सम्बन्धि कसुर) अन्तर्गत घारा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने : (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(स्पस्टिकरण-उपयुक्त कानुन नागरिकहरुका लागि मात्रै लागू हुने र भगवान/परमात्मा वा दैवियशक्तिका हकमा लागू नहुने)

प्रहरी प्रधान कार्यालय नक्सालमा रहेकाे प्रहरी ल्याबमा भिडियाे परिक्षण भएकाे हाे।फरेन्सिक जाँचमा भिडियाेमा रहेकाे आवाज पुडासैनीसँग मेल गराइन्छ। यस्तै भिडियाे बनेकाे मिती, स्थान र त्यसमा कुनै छेडछाड नभएकाे चेकजाँच हुन्छ। 

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको छ। नेपालआज अनलाइनलको युट्युब च्यानलले बुधबार भिडियो सार्वजनिक गरेको छ।

सार्वजनिक भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले आफ्नो मृत्युको कारणबारे खुलाएका छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्। आत्महत्याको कारण न्युज२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधाकुरा जनतासँग’ टिमका रवि लामिछाने, युवराज कँडेल तथा अर्की एक युवती रहेको खुलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad